Rumpum

Rumpum Advertisement

इभान पेरिसिक इन्टर फर्किने

इभान पेरिसिक इन्टर फर्किने

एजेन्सी, २४ भदौ । जर्मन क्लब बायर्न म्युनिखले क्रोएशियन स्टार इभान पेरिसिक इन्टर मिलान फर्किने पुष्टि गरेको छ ।

अघिल्लो सिजनमा लोनमा जर्मन आएका पेरिसक पुनः इन्टर फर्किने बायर्नका प्रशिक्षक हान्सी फ्लिकले पुष्टि गरेका हुन् ।

इन्टरका फरवार्ड पेरिसिक अगस्ट २०१९ मा लोनमा बायर्न आएका थिए ।

जर्मन आएसँगै ट्रिबल उपाधि जितेका उनलाई बायर्नले बिदा गर्ने भएको हो ।

यसअघि बायर्नले ब्राजिलियन स्टार फिलिप्पे कौटिन्हो र अल्भारो ओड्रिज्वोलालाई बिदा गरिसकेको छ । काैटिन्हो बार्सिलोना फर्किए भने स्पेनिस खेलाडी ओड्रिज्वोला रियल फर्किसकेका छन् ।

पेरिसिकले जर्मन आएर च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कपको उपाधि जितेका थिए ।