वीरगञ्जको कोभिड अस्पतालमा संक्रमित शून्य, जनरल सेवा सुरु हुँदै

वीरगञ्ज, २४ भदौ । पर्सा जिल्ला कोरोना संक्रमणलाई नियन्त्रण गर्न सफल भएको छ । नारायणी अस्पताल वीरगञ्जको मातहतमा सञ्चालित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालको आइसोलेशनमा रहेका सम्पूर्ण संक्रमितहरू निको भई घर फर्किएपछि हिजोदेखि अस्पताल खाली भएको छ ।

अस्पताल खाली भएसँगै ३ दिनभित्र अस्पताललाई सेनिटाइज गरी जनरल अस्पताल बनाउने तयारीमा आफूहरू जुटेको अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले जानकारी दिए ।

विगत एक सातादेखि वीरगञ्ज हेल्थकेयरमा कुनै पनि नयाँ संक्रमित नआएको र ३ सयभन्दा बढी संक्रमित निको भइ घर फर्किएपछि अस्पताललाई अब जनरल सेवामा लैजाने तयारी गरिएको अन्सारीले बताए ।

यद्यपि, जनरल सेवा सञ्चालन भएपनि अस्पतालमा १५ वेडको कोभिड युनिट भने सञ्चालनमा रहने अन्सारीले बताए ।

Loading...