अष्ट्रेलिया र इंग्ल्याण्डका खेलाडीले आईपीएलका सुरुआती खेल गुमाउन सक्ने

एजेन्सी, २४ भदौ । ईन्डियन प्रिमियर लिग (आईपीएल)को गर्भनिङ काउन्सिलले इंग्ल्याण्ड र अस्ट्रेलियाका खेलाडीले सुरुआती केही खेल गुमाउनसक्ने जनाएको छ ।

काउन्सिलले क्वारेन्टाइनमा राहत दिनका लागि गरिएको अपिल खारेज गरेको छ । इंग्ल्याण्डमा जारी सीमित ओभरको सिरिज सकिएपछि यूएई आउने खेलाडीहरू ६ दिन सेल्फ आइशोलेशनमा रहनुपर्ने काउन्सिलले जनाएको छ ।

आईपीएलको बोर्ड अधिकारीहरूले सुरक्षा सतर्कतामा कुनै सम्झौता नहुने बताएका छन् । कोरोना महामारीका कारण सबै सुरक्षित रहनुपर्ने अवस्था रहेकाले केही खेलाडीले सुरुका खेलहरू गुमाउन सक्ने विषयमा फ्रेन्चाइज टिम अहिलेदेखि नै तयार रहन पनि भनिएको छ ।

इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको सिरिज १६ सेप्टेम्बरमा सकिने छ । जबकि, आईपीएल १९ सेप्टेम्बरमा सुरु हुनेछ । यदि खेलाडीहरू १७ सेप्टेम्बरसम्म यूएई पुगेमा २३ तारिखसम्म हुने खेलमा खेल्न पाउने छैनन् ।

आईपीएलमा अस्ट्रेलियाका १७ तथा इंग्ल्याण्डका १३ खेलाडी खेल्दै छन् ।

Loading...