देवरको कुटपिटबाट भाउजुको ज्यान गयो

देवरको कुटपिटबाट भाउजुको ज्यान गयो

भोजपुर, २४ भदाै । कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवर पक्राउ परेका छन् । जिल्ला प्रहरीले कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो ।

४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।

२२ भदाै राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटपछि डिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।

राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस