Rumpum

Rumpum Advertisement

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले परिस्थितिको मूल्यांकन गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने, सामाजिक दूरी कायम गर्ने, गराउनेमा आफैं जिम्मेवार हुनुपर्ने बताएकी छन् ।

बैठकको निर्णयअनुसार भोलिबाट निजी तथा सार्वजनिक सवारी साधनहरू जोर–बिजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् ।