जहाज खरिद योजना तत्काल अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

जहाज खरिद योजना तत्काल अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, २४ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमामा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमलाई सो निर्देशन दिएका हुन् ।

उनले आन्तरिकतर्फ दुई वटा मात्र ट्वीनअटर जहाज भएको र त्ससले माग धान्न नसकेको साथै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउँदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिए ।

यस्तै मन्त्री भट्टराईले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, सञ्चयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिए ।