Rumpum

Rumpum Advertisement

विराटनगरमा ७० सहित प्रदेशमा थपिए १५५ संक्रमित

विराटनगरमा ७० सहित प्रदेशमा थपिए १५५ संक्रमित

विराटनगर, २४ भदौ । विराटनगरमा थप ७० सहित प्रदेश १ मा एकै दिन १५५ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार सातवटा जिल्लामा १५५ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४१२ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना संक्रमित थपिएका छन् ।

विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैंचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

भोजपुरको षडानन्दमा १ महिला ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभूत विद्यालय धनपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट ५ र होम आइसोलेशनबाट ४ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ३ हजार ३३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।