Rumpum

Rumpum Advertisement

खुट्टामा जलन वा झमझम हुने कारण युरिक एसिड हुन सक्छ

खुट्टामा जलन वा झमझम हुने कारण युरिक एसिड हुन सक्छ

विराटनगर, २४ भदौ । खुट्टामा एक प्रकारको जलन वा झमझम हुने जस्तो महसुस गर्नुहुन्छ ? यो कुनै गम्भीर कुराको संकेत हुन सक्छ ।

खुट्टा झमझम हुनु शरीरमा उच्च युरिक एसिडको निर्माणको कारण हुन सक्छ । उच्च युरिक एसिडको कारण निम्तिने विभिन्न स्वास्थ्य स्थितिलाई गाउट भनिन्छ र यसले प्रायः खुट्टालाई असर गर्ने गर्छ ।

जब शरीरमा प्यूरिन नामको प्रोटिन बढ्छ, यसले युरिक एसिडको स्तरलाई पनि बढाउँछ । प्रोटिन हाम्रो शरीरद्वारा आफ्नै बनाइनुका साथै, केही खाद्य वस्तुहरूमा पनि पाइन्छ । युरिक एसिडको स्तर बढ्दै जाँदा मिर्गौलाले राम्रो काम गर्न सक्दैन जसले रगतमा विषाक्त पदार्थ निम्त्याउन सक्छ ।

खुट्टामा एक प्रकारको जलन तथा झमझमाहट महसुस हुन्छ भने, यो उच्च युरिक एसिडको कारण हुन सक्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार मांसाहारी खानाको सेवन गर्ने व्यक्तिहरूमा उच्च युरिक एसिडको समस्या हुने खतरा बढी हुन्छ । युरिक एसिडको समस्या भएका मानिसहरूले समुद्री खाना र रातो मासु त्याग्नु पर्छ ।

उच्च युरिक एसिडबाट ग्रस्त व्यक्तिहरू सामान्यतया आफ्नो आहारमा धेरै प्रोटिनको सेवन गर्छन् । तर, धेरै प्रोटिनलाई कलेजोले पचाउन नसक्ने हुँदा शरीरमा युरिक एसिडको स्तरमा वृद्धि हुन सक्छ । अमला, सुन्तला र कागतीलगायत भिटामिन सीयुक्त खानाले युरिक एसिडको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

युरिक एसिडको स्तर कायम राख्न पर्याप्त फाइबर भएको खाना खानु पनि महत्वपूर्ण हुन्छ । उच्च युरिक एसिडबाट ग्रस्त व्यक्तिहरूले शरीरलाई हाइड्रेट राख्नु पर्छ । प्रत्येक दिन कम्तिमा दुईदेखि तीन लिटर पानी पिउने प्रयास गर्नुपर्छ । त्यस्तै, लस्सी, गाँजर, काँक्रा, ताजा फलहरू तथा धनियाको रस पनि पिउन सकिन्छ ।