उम्टिटी कोरोना संक्रमणमुक्त

एजेन्सी, २४ भदौ । बार्सिलोनाका खेलाडी सामुअल उम्टिटी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । बुधबार बार्सिलोनाले फ्रेन्च स्टार उम्टिटी कोरोनामुक्त भएको जानकारी दिएको हो ।

१३ अगस्टमा कोरोना पुष्टि भइ होम आइसोलेनमा रहेका विश्वकप विजेता उम्टिटी निको भएर डिस्चार्ज भएका छन् । अब उनी चाँडै नै बार्सिलोनाको प्रशिक्षणमा फर्किने अनुमान गरिएको छ ।

Loading...