Rumpum Advertisement

ब्याडमिन्टन छानविन उपसमितिको १५ दिन म्याद थप

ब्याडमिन्टन छानविन उपसमितिको १५ दिन म्याद थप

काठमाडौ, २४ भदौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौरान ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा भएको अनियमितता भएपछि राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको छ । खेलमा भएको अनियमितताको चौतर्फी आलोचनापछि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठन भएको थियो । उपसमितिलाई तोकिएको २१ दिनको समय सीमा सकिएपछि पुनः छानविन उपसमितिको म्याद १५ थप गरिएको छ ।

के–के भयो त यो अवधिमा ?

सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको विषयमा चौतर्फी आलोचना भएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० गते राखेपलाई पत्रमार्फत् भ्रष्टाचार छानविन गर्न निर्देशन दिएका थिए । त्यसअनुरुप राखेप बोर्ड सदस्यसमेत रहेका गोविन्द भट्टराईको नेतृत्वमा उपसमितिले अध्ययनलाई तीव्रता दिएको थियो ।

२१ दिनभित्र प्रतिवेदन बुझाउनु भने पनि राजधानीमा जारी निषेधाज्ञाका कारण अझै पूरा भएको छैन । उपसमिति संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको र थप गरिएको म्यादमा पुरा हुने बताए । समितका संयोज भट्टराईले सम्बध पदाधिकारीसँग बयान र कागजपत्र संकलनको काम पूरा भइसकेको उनले बताए ।

२१ दिने समय सीमामा भट्टराई नेतृत्वको पाँच सदस्यीय उपसमितिले प्रारम्भिक चरणको गृहकार्य सम्पन्न गरेको छ । समय थप भएपछि बयान लिने काम भएको छ । सम्बन्धित क्षेत्रबाट कागजपत्र लिने काम भइरहेको उनले बताए । केही व्यक्तिहरुसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्न सकिने अवस्था नभएको र बयान लिनुपर्ने व्यक्तिहरु केही उपत्यका बाहिर भएकाले समय लागेको उनको भनाइ छ । सहज वातावरण बनेपछि ताकिएको समयमा प्रतिवेदनमा बुझाउने उनले बताए ।

यसका अलावा उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुप कटानको बारेमा पनि छानविन गरिरहेको छ । यो विषयमा पनि छानविन टोलीलाई जिम्मा दिइएको थियो । सफलतापूर्वक सम्पन्न भएको १३ औं साग प्रतियोगितामा देखिएका यस्ता घटनाक्रमले धेरै प्रश्न उब्जाएको छ ।