सुनसरीमा कोरोना संक्रमितको संख्या १ हजार १०१ पुग्यो

सुनसरी, २५ भदौ । सुनसरीमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार १०१ पुगेको छ ।

बुधबार थप २७ जना कोरोना संक्रमित थपिएसँगै संक्रमण पुष्टि हुनेको संख्या १ हजार १०१ पुगेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिइन् ।

धरानमा दुई महिला एक पुरुष गरी तीन जना, इनरुवामा एक महिला चार पुरुष गरी पाँच जना, भोक्राहामा एक जना पुरुष, इटहरीमा चार महिला छ परुष गरी ११ जना, रामधुनीमा सात जना पुरुष गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुनसरीमा ४४६ जना कोरोना संक्रमित निको भएका छन् भने हिलेसम्म छ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Loading...