कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुग्यो

विराटनगर, २४ भदौ । नेपालमा बुधबार थप ६ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ६ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार १६८ जनाको परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...