Rumpum

Rumpum Advertisement

बुधबार थप १ हजार ८१ जनामा कोरोना पुष्टि

बुधबार थप १ हजार ८१ जनामा कोरोना पुष्टि

विराटनगर, २४ भदौ । नेपालमा बुधबार थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार १६८ जनाको परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

बुधबार थप ६ जनाकाे ज्यान गएसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३१२ पुगेकाे छ।