आज थप ९१८ जनाले जिते कोरोना

विराटनगर, २४ भदौ । नेपालमा बुधबार थप ९१८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ९१८ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार १६८ जनाको परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

बुधबार थप ६ जनाकाे ज्यान गएसँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३१२ पुगेकाे छ ।

Loading...