नेपाली सेनाका जवानले गरे प्लाज्मा दान

बाँके, २४ भदौ । नेपालगञ्जमा नेपाली सेनाका एक जवानले कोरोनाका गम्भीर बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचारका लागि रगत दान गरेका छन् ।

उदयपुरको कटारी स्थायी ठेगाना भएका सेनाका जवान रामहरि अधिकारीले बुधबार कोरोनाका गम्भीर बिरामीको उपचारका लागि रगत दान गरेका हुन् ।

केही समयअघि कोरोना पुष्टि भएका नेपाली सेनाको पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत उनले प्जाज्मा दान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनले कोरोना संक्रमण भएपछि १४ दिन आइसोलेशन बसेर थप १४ दिनको समय अवधि पूरा गरिसकेका हुन् ।

कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्टाएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।

Loading...