उच्च रक्तचाप र मधुमेहले मानिसको सोच र स्मृति बिगार्न सक्छ

विराटनगर, २४ भदौ । उच्च रक्तचाप र मधुमेहले मानिसको सोच र स्मृति बिगार्न सक्ने अध्ययनले देखाएको छ ।

२२ हजार बढी मस्तिष्क स्क्यान गरिएको एक परीक्षणमा यी रोगबाट पीडितहरूको मस्तिष्कमा ‘महत्वपूर्ण संरचनात्मक परिवर्तन’ देखा परेको पत्ता लागेको हो । यी व्यक्तिहरूलाई स्वस्थ साथीसँग मेमोरी र प्रतिक्रिया समयको मूल्यांकन गर्न जोडी मिलाएर परीक्षण गर्दा वैज्ञानिकहरूले रोगीहरूमा आफ्ना समकक्षहरू भन्दा खराब नतिजा देखिएका थिए ।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अध्ययनमा उच्च रक्तचाप, कम मानसिक प्रदर्शनसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ । अक्सफोर्ड विश्वविद्यालय न्यूरोलोजी र संज्ञानात्मक न्यूरोसाइन्सका प्राध्यापक मसुद हुसेनका अनुसार रक्तचाप र मधुमेहजस्ता हृदय जोखिम कारकहरूको आधारमा संज्ञानात्मक कार्य र मस्तिष्क संरचनाका नकारात्मक प्रभाव पत्ता लगाउन सम्भव छ ।

विभिन्न अध्ययनका आधारमा सन् २०१४ को वल्र्ड अल्जाइमर रिपोर्टमा १५ देखि ४० बर्षसम्म मध्यजीवनमा उच्च रक्तचाप भएका व्यक्तिहरूलाई डिमेन्सिया हुने सम्भावना बढी हुने उल्लेख गरिएको छ । रगतमा चिनीको मात्रा राम्रोसँग कन्ट्रोल नगरिएको मधुमेह पनि स्मृति समस्यासँग पनि जोडिएको छ । यसले दिमागका स्नायुहरूलाई हानी पुर्‍याएर डिमेन्सियाको जोखिम बढाउन सक्छ ।

Loading...