लर्डबुद्धले २०० विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने

विराटनगर, २४ भदौ । विराटनगरको लर्डबुद्ध माध्यमिक विद्यालय (लर्डबुद्ध कलेज) मा कक्षा ११ मा भर्ना हुने २०० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ ।

न्यूरो अस्पताल विराटनगरद्वारा सञ्चालित लर्डबुद्ध कलेजले नयाँ शैक्षिक सत्रमा २०० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

कलेजका म्यानेजिङ डाइरेक्टर राजेश भट्टराईका अनुसार छात्रवृत्तिका लागि एसईईमा ३.८५ वा सोभन्दा माथि जीपीए ल्याएकाले पूर्ण छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्तिका लागि विद्यार्थीहरूले विज्ञान र व्यवस्थापन संकायका लागि दाबी गर्नसक्ने कलेजका प्रधानाध्यापक सरोज भट्टराईले बताए ।

कलेजले छात्रवृत्ति घोषणासँगै अनलाइन माध्ययमबाट अध्यापन गराउनेगरी विद्यार्थी भर्नाको तयारी पनि सुरु गरेको छ ।

Loading...