खोलाले बगाउँदा बालकको मृत्यु

झापा, २४ भदौ । झापाको कनकाई नगरपालिका–९ स्थित बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ वर्षीय गोविन्द साह रहेका छन् ।

बुधबार दिउँसो भैंसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Loading...