वीपी प्रतिष्ठानमा कोइरालाको पूर्ण कदको सालिक

वीपी प्रतिष्ठानमा कोइरालाको पूर्ण कदको सालिक

विराटनगर, २४ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरिएको छ । प्रतिष्ठानको २७ औं वार्षिकोत्सवको अवसरमा बुधबार महामानव वीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गरिएको हो ।

प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मन्जु भण्डारीलगायतको उपस्थितिमा सालिक अनावरण गरिएको हो ।