सय गोल मात्र पर्याप्त छैन : रोनाल्डो

एजेन्सी, २४ भदौ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले १०० अन्तर्राष्ट्रिय गोल मात्र पर्याप्त नभएको बताएका छन् ।

मंगलबार राति करिअरको १०१औं अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत यस्तो बताएका हुन् ।

रोनाल्डो प्रेरित पोर्चुगलले यूईएफए नेशन्स लिगमा लगातार दोस्रो जित निकाल्यो । मंगलबार राति भएको समूह चरणको दोस्रो खेलमा पोर्चुगलले २–० गोलको जित निकाल्दा दुवै गोल रोनाल्डोले गरेका थिए ।

फ्रेन्ड्स एरिनामा भएको खेलमा साविकको विजेता पोर्चुगललाई जिताउन रोनाल्डोले खेलको ४५औं मिनेटमा फ्रिकिकमा र खेलको ७२औं मिनेटमा जाओ फेलिक्सको पासमा गोल गरे ।

यससँगै रोनाल्डो राष्ट्रिय टोलीबाट १०१ गोल गर्ने पहिलो युरोपियन खेलाडीसमेत बने । ३५ वर्षीय रोनाल्डो १६५औं खेलबाट १०१ गोल गरे ।

अब उनलाई राष्ट्रिय टोलीबाट सर्वाधिक धेरै गोल गर्ने इरानका अलि डेइलको कीर्तिमान तोड्न मात्र ९ गोलको खाँचो छ ।

‘राष्ट्रिय टोलीबाट ऐतिहासिक गोल गर्न पाउँदा ठूलो गर्व छ’, रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘जब म सयसम्म पुग्न सक्छु भने यो पर्याप्त छैन ।’

https://www.instagram.com/p/CE47vVCAXDR/?utm_source=ig_web_copy_link
Loading...