गोठमा आगो लाग्दा बाख्रा मरे

विराटनगर, २४ भदौ । मोरङको रतुवामाई नगरपालिका–४ पैंयामारीमा मंगलबार राति एउटा गोठामा आगो लाग्दा दुईवटा बाख्रा मरेका छन् ।

आगोले पोलेर एउटा गाई घाइते भएको छ । आगलागीमा परी गोठ पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । स्थानीय राम ऋषिदेवको गाई गोठमा आगलागी हुँदा घटना भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले जानकारी दिए ।

उनका अनुसार गाईबस्तुलाई टोक्ने मच्छर धपाउन बालिएको घुरबाट आगो सल्किएको हो । आगलागीमा ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Loading...