Rumpum Advertisement

रिया चक्रवर्तीलाई हिरासतमा राख्न अनुमति

रिया चक्रवर्तीलाई हिरासतमा राख्न अनुमति

विराटनगर, २४ भदौ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अदालतको अनुमति अनुसार उनी सेप्टेम्बार २२ सम्म घटना अनुसन्धानका लागि हिरासतमा रहनु पर्ने भएको छ । राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन प्रकरणमा उनलाई मंगलबार पक्राउ गरेर नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबीले अदालतमा उपस्थित गराएको थियो ।

एनसीबीले रियालाई अनुसन्धानका लागि हिरासतमा राख्न माग गरे प िउनका कानुन व्यवसायीले भने जमानतको माग गरेका थिए। तर अदालतले जमानतको माग खारेज गरिदिएको छ ।

राजपूत मृत्यु प्रकरणमा उनीसँग एनसीबीले सोधपुछ र अनुसन्धान जारी राखेको छ । यही मृत्य्ु प्रकरणमा रियाका भाइ शौविक चक्रवर्तीलाई यसअघि नै गिरफ्तार गरिसकिएको
छ । अहिलेसम्म घटना अनुसन्धानका क्रममा १० जना पक्राउ परिसकेका छन् ।

रियाको गिरफ्तारीपछि बलिउडका कैयौँ कलाकार भने उनको समर्थनमा उत्रेका छन्।