१८ महिने नाबालकसहित १२ जनामा संक्रमण

विराटनगर, २४ भदौ । १८ महिने नाबालकसहित १२ जना कोरोना भाइरसका नयाँ संक्रमित चितवनमा थपिएका छन् ।

मंगलबार भएको दुई सय ५७ जनाको पीसीआर परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालामा परीक्षण भएको थियो ।

भरतपुर महानगरपालिकाका नौदेखि ५४ वर्ष उमेर समूहका सात महिला र दुई पुरुष गरेर नौ ९ जनामा संक्रमण देखिएको छ । चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा स्वाब संकलन गरिएका सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

Loading...