Rumpum

Rumpum Advertisement

कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण रोकियो

कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण रोकियो

विराटनगर, २४ भदौ । खोप दिइएका व्यक्ति गम्भीर बिरामी परेपछि कोरोना भाइरसविरुद्ध प्रयोग गर्न भनेर बनाइएको खोपको अन्तिम चरणको परीक्षण तत्कालका लागि रोकिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको खोपको मानवीय परीक्षण रोकिएको हो । बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्ति गम्भीर बिरामी परेपछि परीक्षण रोकिएको जनाइएको छ ।

एस्ट्राजेनेकाले खोप लिएका व्यक्तिको स्वास्थ्य अवस्था असामान्य बनेपछि परीक्षण रोक्नुको विकल्प नभएको उल्लेख गरेको छ । कोरोनाविरुद्ध बनेको भनिएको एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालयको खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको खोपका रुपमा लिइएको थियो ।

मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएको थियो । त्यसपछि खोपलाई विश्वभर लैजाने अपेक्षा गरिएको थियो । तर तेस्रो चरणको खोपले आसातित नितिजा पस्कन नसककेपछि परीक्षण रोकेर वैज्ञानिकहरुले बिरामीमा देखिएको असरको गम्भीर ढंगलले अध्ययन गरिरहेका छन् ।

तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका ३० हजार मानिसको सहभागिता रहेको थियो । तर कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन्।

तत्कालका लागि रोकिएको परीक्षण रियाक्सनको कारण थाहा हुने वित्तिकै खोपलाई निरन्तरता दिने तयारी छ । खोपको परीक्षण रोकिएको सम्बन्धी खबर सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी खबर प्रदान गर्ने वेबसाइट स्टाट न्यूजले प्रकाशित गरेको थियो ।