दाताको बजेटमा ब्रह्मलुट

विराटनगर, २४ भदौ । वैदेशिक सहायताबाट सञ्चालित ठूला आयोजनामा परामर्श सेवामै कुल लागतको ३० प्रतिशतसम्म खर्च हुन्छ। यस हिसाबमा अर्बौं रकम परामर्शमै सकिन्छ।

वैदेशिक सहायताबाट प्राप्त रकममध्ये परामर्श र प्रशासनिक खर्चमा ७० देखि ८० प्रतिशत खर्च हुने महालेखाका एक लेखापरीक्षण अधिकारी बताउँछन्। २० देखि ३० प्रतिशत मात्रै समुदायमा पुग्ने ती कर्मचारी सुनाउँछन्। महालेखाले आफ्नो पछिल्लो प्रतिवेदनमार्फत अत्यावश्यकबाहेक अन्य काममा विभागीय जनशक्ति परिचालन गरी परामर्श खर्च नियन्त्रण गर्न निर्देशन दिएको छ।

पूर्वकर्मचारी नै सेवानिवृत्त भएपछि परामर्शदाता भएर ठूलो रकम लिने गरेका छन्। दातृ निकायसँगको सम्झौतामा वैदेशिक परामर्श सेवाको अनिवार्यताले गर्दा जनशक्तिको उपयोग न्यून देखिएको छ। ठूलो रकम परामर्शका नाममा दाताले नै लैजाने गरेका छन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...