Rumpum Advertisement

विद्यालयको पाठ्यभार घटाउने तयारी

विद्यालयको पाठ्यभार घटाउने तयारी

विराटनगर, २४ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ ।

वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको जानकारी दिए ।

भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पुर्याउने योजना छ । यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन । विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति दिनेछ । त्यसपछि संश्लेषित पाठ्यक्रम विद्यालयमा पु¥याइनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ