Rumpum

Rumpum Advertisement

बेल्जियमको फराकिलो जित

बेल्जियमको फराकिलो जित

एजेन्सी, २४ भदौ । यूईएफए नेशन्स लिगमा बेल्जियमले फराकिलो जित दर्ता गरेको छ । मंगलबार राति भएको समूह चरणको दोस्रो खेलमा बेल्जियमले आइसल्याण्डमाथि ५–१ गोलको फराकिलो जित निकालेको हो ।

बेल्जियमको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मिची ब्याटशुयीले दुई गोल गरे भने एक्सेल विटसेल, ड्रिस मार्टेन्स र जेरेमी डोकूले समान एक–एक गोल गरे । आइसल्याण्डका होल्मबर्ट फ्रिजोनसनले एक गोल गरे ।

खेलमा आइसल्याण्डले सुरुआती अग्रता बनाएको थियो । खेलको दसौं मिनेटमा होल्मबर्ट फ्रिजोनसनले गोल गर्दै आइसल्याण्डलाई अग्रता दिलाए ।

तर, त्यसको तीन मिनेट नबित्दै विटसेलले गोल गर्दै बेल्जियमलाई बराबरीमा फर्काए । १७औं मिनेटमा ब्याटशुयीले गोल गर्दै पहिलो हाफभरि बेल्जियमको अग्रता दोब्बर बनाए ।

खेलको ५०औं मिनेटमा मार्टेन्सले गोल गर्दै बेल्जियमलाई ३–० गोलको अग्रता दिलाए । ६९औं मिनेटमा ब्याटशुयीले दोस्रो गोल गरे । र, ७९औं मिनेटमा डोकूले गोल गरेपछि बेल्जियमले ५–१ गोलको फराकिलो जित निकालेको हो ।

जितसँगै समूह ‘बी’को बेल्जियमले ६ अंक जोडेका छ । मंगलबार राति नै भएको सोही समूहको अर्को खेलमा डेनमार्क र इंग्ल्याण्ड गोलरहित बराबरीमा रोकिए ।