रोनाल्डोको सय गोल पूरा

एजेन्सी, २४ भदौ । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि सय गोल पूरा गरेका छन् ।

यूईएफए नेशन्स लिगअन्तर्गत स्वीडेनसँगको खेलमा एक गोल गरेका रोनाल्डोले पोर्चुगलबाट सय गोलको आँकडा पूरा गरेका हुन् ।

३५ वर्षीय रोनाल्डोले स्वीडेनसँगको खेल खेलमा फ्रिकिकमा गोल गरेका थिए । यससँगै रोनाल्डो सयाैं अन्तर्राष्ट्रिय गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।

रोनाल्डोले १६५ खेलबाट पोर्चुगलका लागि शतक पूरा गरे । उनी अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीका सूचिमा दोस्रो स्थानमा छन् ।

इरानका अलि डेइल १०९ गोलसहित शीर्ष स्थानमा छन् । डेइलले १४९ खेलमा उक्त कीर्तिमान बनाएका थिए ।

अब रोनाल्डोले १० गोल गरेमा डेइलको कीर्तिमान तोड्नेछन् ।

Loading...