रियल मड्रिडले नयाँ सिजनमा ‘च्याम्पियन ब्याच’ लगाउने

एजेन्सी, २३ भदौ । रियल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा ‘च्याम्पियन ब्याच’ लगाउने भएको छ ।

डिफेन्डिङ च्याम्पियन रियलले २०२०–२१ को ला लिगामा विशेष च्याम्पियन ब्याच लगाउने भएको हो । सन् २०१७ पछि उपाधि जितेको रियलले गोल्डेन कलरको च्याम्पियन ब्याच लगाउने भएको हो ।

ला लिगाले विज्ञप्ति जारी गर्दै रियलले नयाँ सिजनमा च्याम्पियन ब्याच लगाउने जानकारी दिएको छ ।

रियलले २० सेप्टेम्बरबाट नयाँ सिजनको थालनी गर्दैछ । रियल सोसिडाडविरुद्धको खेलबाट उसले २०२०–२१ को सिजनको ला लिगाको सुरुआत गर्नेछ ।

Loading...