Rumpum

Rumpum Advertisement

विराटनगर महानगरको घरनक्सा र योजना शाखा खुल्ने

विराटनगर महानगरको घरनक्सा र योजना शाखा खुल्ने

विराटनगर, २३ भदौ । कोरोना भाइरसको सक्रमण समुदायस्तरमा फैलिएपछि बन्द रहेको सेवाहरू विराटनगर महानगरपालिकाले विस्तारै सञ्चालनमा ल्याउन थालेको छ ।

नेपाल सरकारले तोकेको स्वस्थ्य मापदण्ड र उच्च स्वस्थ्य सतर्कता अपनाइ घर नक्सा र योजना शाखाको सेवा सुरु गरेको हो । २४ भदौ बुधबारदेखि बिहान दसबाट २ बजेसम्म सेवा प्रवाह गर्ने महानगरपालिकाले जनाएको छ ।

वडाका सेवाग्राहीले आफ्नो वडाको काम कुन बार पर्ने छ त्यो भने बुझेर जानु पर्ने छ । आइतबार १,९,४ र १९ नम्बर वडाबासीको काम हुने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यसैगरी सोमबार ३, ६ र ११ का ले सेवा पाउने छन् । मंगलबार ५, ८ र १३ कालाई घर नक्सा र योजना शाखाबाट आफ्नो काम गर्न पाउने छन् । बुधबार ७, १२ र १५, बिहीबार ९, १४ र १६, शुक्रबार १०, १७ र १८ का वडाबासीले सेवा लिन पाउने छन् ।

घरनक्सा शाखामा दोस्रो चरणको इजाजत, निर्माण सम्पन्न र नक्सा नामसारीको काम हुने सूचनामा उल्लेख छ । त्यसैगरी योजना शाखामा आ.व.२०७६–०७७ मा सम्झौता भइ आ.व २०७७–०७८ मा दायित्व सरी आएका उपभोक्ता समिति तथा ठेक्कामार्फत सञ्चालन भएका योजनाहरूको भुक्तानी कार्य हुनेछ ।