सीपीएल : जमैकाद्वारा १०८ रनको लक्ष्य प्रस्तुत

एजेन्सी, २३ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाज र ट्रिनबागो नाइट राइडर्सले खेलिरहेका छन् ।

फाइनल प्रवेशका लागि भइरहेको उक्त खेलमा जमैकाले ट्रिनबागोलाई जितका लागि १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियमा टस जितेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १०७ रन बनायो ।

जमैकाका लागि कुमराह बोनरले ४१ रन जोडे । उनले ४२ बलमा ५ चौका हिर्काएका थिए । यस्तै कप्तान रोभमा पावलले ३३ रन बनाए । यस्तै कार्लोस ब्रेथवेटले १३ रन जाडे भने अन्य खेलाडीले दोहोरो रन जाेड्न सकेनन् ।

बलिङतर्फ अकिल होसेनले ३ विकेट लिए भने खारी पिएर्रेले २ विकेट लिए । सुनिल नारिने र फवाद अहमदले समान एक-एक विकेट झारे ।

यस खेलमा दुवै टोली एक-अर्कालाइ हराउँदै फाइनल पुग्ने योजनामा छन् । यी दुईबीचको विजेता टोलीले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जौक्सबीचको विजेता टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।

Loading...