टेबलटेनिस खेलाडीको कोरोना बीमा

विराटनगर, २३ भदाै । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।

संघले पुरुष र महिलातर्फका शीर्ष १६ वरियताका खेलाडीको कोरोना बीमा गर्न लागेको हो ।

संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यका अनुसार संघले खेलाडीहरुका साथसाथै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी, प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरको पनि कोरोना बीमा गर्ने तयारी गरेको छ ।

सबैको जनही रु एक लाखका दरले कोरोना बीमा गरिने बज्राचार्यले जानकारी दिए ।

ललितपुरको हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत संघले कोरोना बीमा गर्न लागेको हो ।

Loading...