Rumpum Advertisement

सुन्दरहरैंचा पत्रकार समूहको संयोजकमा दाहाल

सुन्दरहरैंचा पत्रकार समूहको संयोजकमा दाहाल

सुन्दरहरैंचा, २३ भदौ । पत्रकार मणिराम दाहालको संयोजकत्वमा सुन्दरहरैंचा पत्रकार समूह गठन भएको छ । सुन्दरहरैंचा पत्रकार समूहमा नगरका सात जना क्रियाशिल संचारकर्मीहरू संगठित भएका छन् ।

पत्रकार समूहको कार्य समितिमा सदस्यहरू लीलानाथ गच्छदार, माधव काफ्ले, राजन पोखरेल, जीवन माझी, राजकुमार राउत, क्रिष्टिना घिमिरे (ज्ञानु) रहेका छन् ।

हाल यो नगरमा एक दर्जनभन्दा बढी सञ्चारकर्मीहरू विभिन्न प्रकारका स्थानीय तथा राष्ट्रिय मिडियाहरूमा समेत कार्यरत छन् ।

सुन्दरहरैंचा नगरपालिकालाई विशेष कार्य क्षेत्र बनाउँदै, यस नगर क्षेत्रलाई परिचित गराएर नागरिकलाई सत्य तथ्य सूचना तथा समाचार प्रस्तुत गरी पत्रकारिता पेशाप्रतिको धर्म र मर्मलाइ कायम राख्दै मोफसलको व्यवसायिक पत्रकारितालाई जोड दिन आवश्यक भएकोले अघि बढ्ने उद्देश्यका साथमा कार्य समिति गठन गरिएको सुन्दरहरैंचा पत्रकार समूहका संयोजक दाहालले बताए ।