इंग्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धामा

एजेन्सी, २३ भदौ । यूईएफए नेशन्स लिगमा आज इंग्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धामा छन् । समूह चरणको दोस्रो खेलअन्तर्गत इंग्ल्याण्डले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने उक्त खेल डेनमार्कको मैदान पार्करमा हुनेछ । जसमा इंग्ल्याण्ड दोस्रो जितको खोजीमा छ । यसअघि इंग्ल्याण्डले आइसल्याण्डमाथि १–० गोलको जित निकालेको थियो ।

इंग्ल्याण्ड ३ अंकसहित समूह ‘बी’को दोस्रो स्थानमा छ । यता, सो समूहको चौथो स्थानको डेनमार्क भने पहिलो जितको खोजीमा छ । यसअघि ऊ बेल्जियमसँग २–० गोलले पराजित भएको थियो ।

इंग्ल्याण्डबाट मासन ग्रीनवूड र फिल फोडेनले खेल्न पाउनेछैनन् । शनिबार मात्र राष्ट्रिय टोलीबाट डेब्यू गरेका ग्रीनवूड र फोडेनलाई होटलमा केटी ल्याएको आरोपमा टोलीबाट निकालिएको हो ।

Loading...