प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्षसहित थप ६ जनामा कोरोना

रामेछाप, २३ भदौ । प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

पाँच प्रहरीसहित थप एक स्वास्थकर्मीमा संक्रमण पुष्टि भएपछि २१ भदौमा लिएको स्वाब परीक्षणको रिपोर्टका आधारमा मंगलबार जिल्ला स्वास्थ कार्यालयले थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

जिल्ला स्वास्थ कार्यालयका अनुसार स्वाब संकलन गरी परीक्षणका लागि पठाएकामध्ये गाउँपालिका अध्यक्ष र उनका स्वकीय सचिवसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Loading...