Rumpum

Rumpum Advertisement

इटहरी उपमहानगरपालिकाद्वारा अस्पताललाई २ वटा एम्बुलेन्स प्रदान

इटहरी उपमहानगरपालिकाद्वारा अस्पताललाई २ वटा एम्बुलेन्स प्रदान

इटहरी, २३ भदौ । इटहरी उपमहानगरपालिकाले अस्पताललाई २ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । मंगलबार इटहरी उपमहानगरले अस्पताललाई दुई वटा एम्बुलेन्स प्रदान गरेको हो ।

उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बराललाई र उपमेयर लक्ष्मी गौतमले निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.मनिश शर्मालाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे ।

एम्बुलेन्सको प्रयोगबाट अहिलेको कोरोना संक्रमण विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने इटहरी उपमहानगरका प्रमुख चौधरीको भनाइ छ ।

कोभिड संक्रमित बिरामीलाई आइसोलेशनसम्म पु¥याउन तथा अस्पताल लैजान एम्बुलेन्स प्रयोग गरिने इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बरालले बताए ।