विराटनगरको एभरेष्ट स्कुलले किन्यो एम्स कलेज

विराटनगर, २३ भदौ । विराटनगरको एभरेष्ट स्कुल सञ्चालन गरिरहेको एभरेष्ट एजुकेशन फाउण्डेशनले विराटनगरको एम्स कलेज खरिद गरेको छ ।

विराटनगर– ५ मा रहेको एभरेष्ट एजुकेशन फाउन्डेसनले आफ्नो भौतिक तथा शैक्षिक क्षमता थप विस्तार गर्ने क्रममा एम्स कलेज खरिद गरेको हो ।

पिजी टु पिजीको (प्ले ग्रुपदेखि पोष्ट ग्रयाजुएट) कार्यक्रम सञ्चालनका लागि चार विषयको अध्यापन गराउन विराटनगरमा स्थापित एम्स कलेज खरिद गरेको हो ।

एम्स कलेजमा त्रिभुवन विश्वविद्यालयका बीएससी सिएसआईटी, बीबीएस, बीएचएम र बीएका कोर्ष पढाइ हुँदै आएको छ ।

४ सय ५० विद्यार्थी अध्ययनरत कलेजको क्षमता पनि क्रमशः विस्तार गरिने फाउन्डेसनका प्रबन्ध निर्देशक टीकाराम पुरीले बताए ।

फाउन्डेसनअन्तर्गत विराटनगर ५ मा एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल र एभरेष्ट कलेजका तीन वटा शिक्षण संस्था सञ्चालनमा छन् । सुनसरीको इटहरी उपमहानगरपालिकामा पाथीभरा सेकेण्डरी स्कुल सञ्चालनमा छ ।

Loading...