Rumpum

Rumpum Advertisement

काठमाडौं उपत्यकामा ३९६ नयाँ संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३९६ नयाँ संक्रमित थपिए

काठमाडौं, २३ भदौ । काठमाडौं उपत्यकामा मंगलबार थप ३९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ३०० जना, ललितपुरका ५८ जना र भक्तपुरका ३८ जना रहेका छन् ।