कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोइरालाको सचिवालयले दिएको जानकारीअनुसार मंगलबार गरिएको पीसीआर परीक्षणमा कोइरालाको रिपोर्ट पोजिटिभ आएको हो ।

उनका स्वकीय सचिव भरत तिवारीले कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । तिवारीका अनुसार कोइरालामा कुनै लक्षण देखिएको छैन ।

Loading...