बेल रियलको प्रशिक्षणमा फर्किए

एजेन्सी, २३ भदौ । रियल मड्रिडका विंगर ग्यारेथ बेल प्रशिक्षणमा फर्किएका छन् । वेल्सका स्टार बेल यूईएफए नेशन्स लिग खेलेर क्लबको प्रशिक्षणमा फर्किएका हुन् ।

नेशन्स लिगअन्तर्गत वेल्सले दुवै खेलमा जित हात पारेको थियो । जसमा, बेल फिनल्याण्डसँगको खेलमा पहिलो हाफसम्म र बुल्गेरियासँगको खेलभरि मैदानमा थिए ।

नेशन्स लिगको समूह ‘एच’मा रहेको वेल्सले फिनल्याण्ड र बुल्गेरिया दुवैलाई १–० गोलले हराएको थियो । जसपछि ६ अंक बनाउँदै वेल्स सो समूहको शीर्ष स्थानमा छ ।

अब भने राष्ट्रिय टोलीको ड्यूटी सकिएपछि उनी क्लबमा फर्किएका छन् । उनले प्रि–सिजनको तयारीमा रहेको रियलबाट प्रशिक्षण थालेका हुन् ।

फ्रेन्च कोच जिनेदिन जिदान नेतृत्त्वको रियलमा बेलले कमै मौका पाउने गरेका छन् । जिदानसँगको खराब सम्बन्धका कारण पनि बेलले मैदान उत्रिनका लागि संघर्ष गर्नुपरेको बताइन्छ ।

यसैकारण असन्तुष्ट रहेका बेल रियल छोड्ने मनसायमा पुगेको पनि बताइन्छ ।

जिदानसँको सम्बन्धकै कारण टोलीमा पर्न छोडेपछि कोलम्बियन स्टार जेम्स रोड्रिग्वेज इभर्टनमा अनुबन्ध भएका बताइन्छ । रोड्रिग्वेजलाई २२ मिलियन युरोमा २ वर्षका लागि इभर्टनले अनुबन्ध गरेको हो ।

Loading...