अनलाइन कक्षाको शुल्क तिर्न अविभावकलाई दवाव

विराटनगर, २३ भदौ । विराटनगरको एभरेष्ट स्कुलले त्रैमासिक अनलाइन परीक्षामा सामेल हुन विद्यार्थीका अविभावकलाई अनिवार्य शुल्क तिर्नुपर्ने सर्त राखेको छ ।

विद्यालयले वैशाख २१ बाट अनलाइन कक्षा सञ्चालन गरिरहेको दावी गर्दै सो अवधिको शुल्क तिर्न अविभावकलाई दवाव दिएको हो ।

असोज ११ बाट ‘प्रथम अनलाइन त्रैमासिक परीक्षा’ सञ्चालन गर्ने भन्दै स्कुलका प्राचार्य टिकाराम पुरीले अविभावकलाई शुल्क बुझाउन पत्र पठाएका छन् । उनले असोज १० गतेभित्र अनलाइन कक्षाको शुल्क बुझाउन पत्रमार्फत् अविभावकलाई भनेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयले पनि अहिलेको महामारीको अवस्थामा अनलाइन शिक्षालाई नै सर्वोत्कृष्ट मानेको पत्रमा उल्लेख गरेका छन् । अहिलेको अनलाइन कक्षाबाट सिकेको ज्ञान र सीपको आधारमा अर्को कक्षामा जाने पत्रमा उल्लेख छ ।

Loading...