चीनले विकास गरेको सम्भावित खोप वृद्ध मानिसहरूको लागि पनि सुरक्षित

चीनले विकास गरेको सम्भावित खोप वृद्ध मानिसहरूको लागि पनि सुरक्षित

विराटनगर, २३ भदौ । चीनमा विकास गरिएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप वृद्ध मानिसहरूको लागि सुरक्षित रहेको देखाएको छ ।

चिनियाँ फर्म सिनोवाक बायोटेक लिमिटेडले बनाएको कोरोना भाइरसको खोप (कोरोनाभ्याक) को प्रारम्भिकदेखि मध्य चरणसम्मको परीक्षणको नतीजामा बुढा मानिसहरूको लागि खोप सुरक्षित भए पनि खोपले देखाएको प्रतिरक्षा प्रतिक्रिया वयस्कहरूको तुलनामा थोरै कमजोर रहेको थियो ।

कोरोनाभ्याकका कम, मध्यम र उच्च डोज लिएका कमसे कम ६० वर्ष उमेरका ४ सय २१ जना मानिसमा ९० प्रतिशतको एन्टिबडीको स्तरमा उल्लेखनीय वृद्धि भएको देखिएको छ, तर, अपेक्षानुसार वृद्धहरूमा एन्टिबडीको स्तर युवामा देखिएकोभन्दा थोरै कम थियो । सिनोवाकको खोप पहिलो र दोस्रो ट्रायलमा सुरक्षित भएको र मानव परीक्षणहरूबाट प्रतिरक्षा प्रतिक्रिया प्राप्त गर्न सक्षम रहेको देखिएको थियो ।

गम्भीर साइड इफेक्ट नदेखाएको हुँदा कोरोना भाइरस रोगको संक्रमणबाट बचाउ गर्न उक्त खोपको सम्भावित सुझाव दिन्छ । प्रभावकारी र पर्याप्त सुरक्षित छ कि छैन भनेर मूल्यांकन गर्न दशौं हजार मानिसहरूमा ब्राजिल र इन्डोनेसियामा सिनोवाकको तेस्रो चरणको मानव परीक्षण भइरहेको छ ।

परीक्षणको तेस्रो चरणमा रहेका विश्वका आठ खोपहरूमध्ये चार खोपहरू चीनबाट विकास भएका हुन् ।