विराटनगरमा १७ सहित प्रदेशमा थपिए ८० संक्रमित

विराटनगर, २३ भदौ । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा १७ सहित प्रदेश १ मा ८० संक्रमित थपिएका छन् । मंगलबार सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका २ जना संक्रमित थपिएका हुन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २५७ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका ११ महिला ६ पुरुष संक्रमित थपिएका छन् । रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिला संक्रमित थपिएका छन् ।

सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा २ महिला ४ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, बाह्रदशी, मेचीनगर र कनकाईमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङबाट ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५–५ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९१२ पुगेको छ ।

Loading...