मंगलबार थप २ हजार २८७ जना कोरोना जितेर डिस्चार्ज भए

विराटनगर, २३ भदौ । नेपालमा मंगलबार थप २ हजार २८७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ हजार २८७ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । कुल संक्रमितमध्ये ६८ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले जानकारी दिए ।

Loading...