कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुग्यो

कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुग्यो

विराटनगर, २३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेहरूको संख्या ४८ हजार १३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ६११ जनाको परीक्षणमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।