अर्को महामारीका लागि विश्व अझ राम्ररी तयार रहनुपर्छ : डब्लुएचओ

विराटनगर, २३ भदौ । कोरोना भाइरस महामारीको जोखिम कम नभएको बेलामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वलाई अर्को महामारीका लागि राम्ररी तयार रहनुपर्ने सुझाएको छ ।

डब्लुएचओका प्रमुख टेड्रोस अडानोम गेबेरियससले देशहरूलाई स्वास्थ्यमा लगानी गर्न आग्रह गर्दै विश्वमा हुन सक्ने अर्को महामारीको लागि विश्व अझ राम्रो तयार हुनुपर्ने बताएका छन् । टेड्रोसले जेनेभामा ब्रिफिङका क्रममा कोरोना भाइरसले निम्त्याएको कोभिड १९ अन्तिम महामारी नहुने बताउँदै इतिहासले संक्रमण र महामारी जीवनको वास्तविकता भएको सिकाउने बताए ।

तर, अब अर्को महामारी आएमा संसार अहिलेको अवस्थाभन्दा पनि बढी तयार हुनुपर्ने उनको भनाइ छ ।

विश्वव्यापी कोरोना भाइरसबाट दुई करोड ४५ लाखभन्दा बढी मानिसहरूलाई संक्रमित गरिएको रिपोर्ट गरिएको छ र तथ्यांकअनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो चोटि पहिचान भएपछि आठ लाख ९६ हजार नौ सय ८८ जनाको मृत्यु भएको छ ।

Loading...