‘लज्जावती झार’मा लजाउँदै महेश र आँचल (भिडियोसहित)

विराटनगर, २३ भदौ । ‘लज्जावती झार’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक महेश काफ्लेको आवाज रहेको गीतको भिडियोलाई जी २१ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । महेशकै शब्द तथा संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारीले गायनमा साथ दिएकी छिन् । भिडियोमा गायक महेश काफ्लेसँग अभिनेत्री आँचल शर्मा र असीम शाहको प्रस्तुति देख्न सकिन्छ ।

प्रेममा आधारित गीतको भिडियोलाई आसिफ शाहको निर्देशनमा तयार गरिएको हो । भिडियोलाई हरि हुमागाईँले छायांकन गरेका छन् भने लोकेश बज्राचार्यको सम्पादन रहेको छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै गीत युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ ।

गायक काफ्लेका यसअघिका दुई गीत ‘माया बिरानी’ र ‘नाच फिरिरी’ लाई दर्शकले निकै मन पराएका छन् ।

Loading...