Rumpum

Rumpum Advertisement

एम्बाप्पेविनाको फ्रान्सलाई र क्रोएशियाको चुनौती

एम्बाप्पेविनाको फ्रान्सलाई र क्रोएशियाको चुनौती

एजेन्सी, २३ भदौ । यूईएफए नेशन्स लिगमा फ्रान्स र क्रोएशिया प्रतिस्पर्धामा छन् । समूह चरणको दोस्रो खेलअन्तर्गत फ्रान्सले क्रोएशियासँग खेल्न लागेको हो ।

नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने उक्त खेल फ्रान्सको मैदानमा हुनेछ । स्टेड डी फ्रान्समा हुने उक्त खेलमा फ्रान्स दोस्रो जितको खोजीमा छ भने क्रोएशिया पहिलो जितको खोजीमा छ ।

यसअघि पहिलो खेलमा फ्रान्सले स्वीडेनलाई हराएको थियो । यता, क्रोएशिया भने पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको थियो ।

आज फ्रान्सलाई आफ्ना युवा स्ट्राइकर किलियन एम्बाप्पेको अभाव खड्किने छ । यसअघि स्वीडेनसँगको खेलमा निर्णायक गोल गरेका उनलाई सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणपछि उनी फ्रान्सको टोलीबाहिर छन् । त्यसबाहेक फ्रान्सका पल पोग्बा पनि कोरोना संक्रमणका कारण टोलीमा छैनन् ।

आजको खेलमा क्रोएशिया फ्रान्ससँग बदला लिने दाउमा रहेको छ । यसअघि २०१८ को रसिया विश्वकपको फाइनलमा फ्रान्सले क्रोएशियालाई ४–२ गोलले हराउँदै उपाधि जितेको थियो ।

समूह ‘सी’मा फ्रान्स ३ अंकसहित शीर्ष स्थानमा छ भने क्रोएशिया चौथो स्थानमा छ । सो समूहको शीर्ष स्थानमा साविकको विजेता पोर्चुगल छ भने तेस्रो स्थानमा स्वीडेन छ । यी दुवै क्लब पनि आज प्रतिस्पर्धामा छन् ।

फ्रेन्डस एरिनामा पोर्चुगल र स्वीडेनले खेल्दैछन् । यो खेल पनि राति १२ः३० बजेबाट नै सुरु हुनेछ ।