तेलुगु कलाकार जयप्रकाश रेड्डीको निधन

काठमाडौं, २३ भदौ । साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको निधन भएको छ ।

रेड्डीको मंगलबार ७४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय मिडयाका अनुसार आज बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका परिवारिका सदस्यले बताएका छन् ।

उनी आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका थिए । ‘ब्रह्मपुत्रुदू’ चलचित्रबाट फिल्मी करिअर सुरु गरेका उनी हास्य र चरित्र अभिनेतासँगै खलनायकको पात्रमा लोकप्रिय छन् ।

Loading...