इटहरीमा थपिए २० संक्रमित

इटहरी, २३ भदौ । इटहरी उपमहानगरपालिकामा आज २० जना कोरोना संक्रमित थपिएका छन् ।

भदौ १९ गते लिइएको स्वाबमध्ये २० जनामा कोरोना पुष्टि भएको इटहरी अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये इटहरी–१ मा दुईजना, इटहरी–८ मा दुईजना, इटहरी–११ मा छजना, इटहरी–१२ मा सातजनामा कोरोना पुष्टि भएको हो । योसँगै इटहरीमा कोरोना संक्रमतिको संख्या दुई सय ६८ जना पुगेको छ ।

Loading...